भारतबाट ११ रूपैयाँ घटेर आयो डिजेलको मूल्य !

१५ मंसिर, काठमाडौं । भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । नयाँ मूल्यअनुसार डिजेलको मूल्य ११ रूपैयाँले छ । 

पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ मूल्य घटेको छ । घटेको मूल्य अनुपात हिसाब गरेर नयाँ मूल्यको जानकारी दिने निगमले बताएको छ । हाल निगमलाई पेट्रोलमा १३ रुपैयाँ र मट्टीतेलमा ३५ रुपैयाँ प्रतिलिटर नाफा छ ।

frontline

यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४२ रुपैयाँ नाफा छ । तर खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २७७ रुपैयाँ नोक्सानी छ ।

नयाँ मूल्यले खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको जनाइएको छ । निगमका अनुसार नयाँ मूल्यले निगमलाई १५ दिनमै ५८ करोड रूपैयाँ नाफा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here