भारतको उत्तराखण्डमा भारी हिमपात, सात पर्यटकको मृत्यु

फाइल तस्बिर

६ कार्तिक, एजेन्सी : भारतको उत्तराखण्डमा भारी हिमपातका कारण सात पर्यटकको मृत्यु भएको छ । उत्तराखण्डमास्थित उच्च हिमाली क्षेत्रमा भारी हिमपातका कारण फसेकामध्ये सात यात्रुको मृत्यु भएको हो ।

उच्च हिमाली क्षेत्रमा ट्रेकिङका लागि गएका पर्यटकहरु भारी हिमपातका कारण उत्तराखण्डका विभिन्न क्षेत्रमा फसेकामध्ये कम्तीमा सातजनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

frontline

अझै पनि ट्रेकिङका लागि गएका केही मानिस सम्पर्कविहीन छन्। फसेकाहरुको उद्वारकाे प्रयास जारी रहेको उत्तराखण्ड सरकारले जनाएको छ।

अक्टोबर १८ र १९ मा भएको भारी हिमपातका कारण उत्तरकाशी जिल्लाको हर्षिलबाट हिमाञ्चलको चितकुलका लागि ट्रेकिङमा गएका ११ जना बेपत्ता भएका थिए। सो समूहका सातजनाको मृत्यु भएको उत्तरकाशी प्रहरीले पुष्टि गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

दुईजनाको उद्वार गरिएको र अझै दुईजना सम्पर्कविहीन रहेको प्रहरीकाे भनाइ उद्रित गर्दै बीबीसीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here