भारतका एक वृद्धले कोरोना विरुद्धको एघार डोज खोप लिए

श्रोत : ईन्टरनेट

२४ पुस, नयाँदिल्ली । भारतका ब्रम्हदेव मन्डल नामक एक ६५ वर्षीय वृद्धले कोरोना भाइरस विरुद्धको एघार डोज खोप लिइसकेको दाबी गरेका छन् ।

एकजना स्वास्थ अकिारीले गत वर्ष भारतमा एक पुरुषले कम्तीमा आठपटक कोभिडको खोप लिएको दाबी गरेपछि मन्डलले सो दाबी सार्वजनिक गरेका हुन् ।

frontline

उनले बिहार राज्यमा एघार डोज खोप लिएको दाबी गरेका छन् । अवकाश प्राप्त हुलाकी मन्डलले यति धेरै खोप लिएपछि आफूले शरीर दुख्ने समस्याबाट मुक्त भएर स्वस्थ हुन पुगेको बताएका छन् ।

उनले धेरै खोप लगाएपनि त्यसबाट कुनै नकारात्मक असर महशुस नगरेको पनि बताएका छन् ।

गत साता एउटा स्वास्थ्य शिविरमा बाह्रौँपटक खोप लिन लगाएको अवस्थामा उनलाई रोकिएको थियो ।

उनी मध्यपुर जिल्लामा आफ्नो परिवारसंग बस्छन् । मध्यपुरका सिभिल सर्जन अमरेन्द्र प्रताप शाहीले आफूहरूसँग उनले आठ डोज खोप लिएको प्रमाण रहेको बीबीसीलाई बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here