भारत हिमाञ्चलमा वर्षाले २४ जनाको मृत्यु, दर्जनौं बेपत्ता

 ५ भदौ, काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा गत शुक्रबारदेखि निरन्तर परेको वर्षाले कम्तिमा २४ जना मानिसको मृत्यु भएको छ ।

अन्य राज्यहरुमा पनि बाढी पहिरोमा पनि अरु १२ जना भन्दा बढी मानिसको मृत्यु भएको छ । हिमाञ्चलमा ज्यान गुमाउनेहरुमा एकै परिवारका ८ जना समेत रहेका छन् । हिमाञ्चलको मण्डी भन्ने स्थानमा मात्रै १३ जनाको मृत्यु भएको हाे ।

frontline

सोही राज्यमा दर्जनौं मानिस बेपत्ता भएका छन् । त्यस्तै उत्तराखण्डमा ४ जनाको मृत्यु भएको र १० जना हराईरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उडिसा र झारखण्डमा पनि बाढी पहिरोले ब्यापक क्षति गरेको छ । उडिसामा ४ लाख मानिस प्रभावित भएको जनाइएको छ ।

भारी वर्षाका कारण जम्मुकश्मिरको वैष्णेदेवी तथा बद्रि केदारका तीर्थ यात्रा पनि अवरुद्ध भएका छन् । बद्रि केदार जाने सडकहरुमा ब्यापक पहिरो जाँदा यात्रा केही दिन अवरुद्ध हुने नजाइएको छ ।

वर्षा प्रभावित राज्यहरुमा साढे ७ सय बढी सडकमा क्षति पुगेको र आपूर्ति ब्यवस्था समेत अवरुद्ध भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here