भारत र जिम्बावेबीचको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि

२ भदौ, काठमाडौं । भारत र जिम्बावेबीचको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदैछ ।

पहिलो खेल दिउँसो एक बजे हरारेमा सुरु हुनेछ । भारत र जिम्बावेबीच तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ ।

frontline

दोस्रो खेल शनिवार र तेस्रो खेल सोमवार हुनेछ । यसैबीच पाकिस्तान र नेदरल्यान्डबीच आज दोस्रो एकदिवसीय क्रिकेट हुँदैछ ।

खेल रोटरडममा दिउँसो पौने ३ बजे सुरु हुनेछ । तीन खेलको शृङ्खलामा पाकिस्तानले १–० को अग्रता बनाएको छ ।

पहिलो खेलमा नेदरल्यान्डलाई पाकिस्तानले १६ रनले हराएको थियो । तेस्रो खेल आइतवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here