भारत : कोलकातामा दुर्गा पूजाका क्रममा भागदौड, १९ जनाको मृत्यु
भारतको कोलकातामा दुर्गा पूजा पण्डालको एक भाग भत्किएपछि मच्चिएको भागदौडमा १९ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।
उत्तरी कोलकाताको चोरबागान सार्वजनिक दुर्गा पूजा पण्डालमा सप्तमीको साँझ भारी वर्षाका बीच ठूलो संख्यामा मानिसहरू जम्मा भएका बेला दुर्घटना भएको बताइएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार भीडको चाप बढेपछि पण्डालको एक भाग भत्किँदा भागदौड मच्चिएको हो ।
घटनामा घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । दुर्घटनापछि घटनास्थलमा उद्धार तथा राहत कार्य सञ्चालन गरिएको जनाइएको छ।






प्रतिक्रिया दिनुहोस्