भारतमा ट्रकको ठक्करबाट ११ जनाको मृत्यु, २९ घाइते

काठमाडौं : भारतको मध्य प्रदेश ग्वालियरस्थित शीतला माता मन्दिर नजिकै ट्रकले श्रद्धालुहरूको भीडलाई कुल्चिँदा ११ जनाको मृत्यु भएको छ भने करिब २९ जना घाइते भएका छन्।

उक्त दुर्घटना शनिबार मध्यरात करिब डेढ बजे भएको हो। घाइतेमध्ये ५, ६ जनाको अवस्था गम्भीर रहेको बीबीसी हिन्दीमा उल्लेख गरिएको छ । 

frontline

ग्वालियरकी कलेक्टर रुचिका चौहानका अनुसार, ‘ट्रक चीनोरतर्फबाट मन्दिरतर्फ आउँदै थियो। बाटोमा ट्रकले नियन्त्रण गुमायो र लगातार बायाँतर्फ मोडिँदै गयो। सोही क्रममा ट्रकले सडक किनारका पसलहरूलाई कुल्चिँदै शीतला माता मन्दिरको प्रवेशद्वारमा ठोक्किन पुग्यो, जसका कारण मन्दिरको पर्खाल भत्कियो र ४० देखि ५० जना मानिसहरू मलबेमा पुरिए।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

२ इभेन्ट्स/फंसन

poster-here