भारत उत्तर प्रदेशमा दुई किशोरीमाथि बलात्कार पछि हत्या, ६ जना पक्राउ

३१ भदौ, काठमाडौ । भारतको उत्तर प्रदेशमा दुईजना किशोरीमाथि बलात्कार पछि हत्या गरिएको आरोपमा ६ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

ती किशोरीहरु एउटा रुखमा झुन्डिरहेको अवस्थामा फेला परेपछी घटना उजागर भएको हो । प्रहरीका अनुसार उत्तर प्रदेशको लखिमपुर जिल्लाको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

frontline

उनीहरुको उमेर १८ बर्ष मुनिको र दलित परिवारको भएको बुझिएको छ । उनीहरूका परिवारले उनीहरूलाई अपरहण गरी बलात्कार गरिएको उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

सन् २०२० मा उत्तर प्रदेशको हाथ्रास जिल्लामा एक १९ वर्षीया दलित महिलाको सामूहिक बलात्कार पछि हत्या हुँदा व्यापक प्रदर्शन भएको थियो ।

मोटरसाइकलमा आएका पुरुषहरुको समुहले उनीहरुलाई अभिभावकको अगाडि अभिभावकहरुमाथि आक्रमण गरेर मोटरसाइकलमा राखेर लगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

परिवारले उनीहरूको खोजी गरिरहेकामा अन्ततः उनीहरूलाई यस्तो अवस्थामा फेला पारेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here