भाईरल महिला ट्राफिक प्रहरी

काठमाडौं । सामाजिक सञ्जाल आफ्ना कला, प्रस्तुति र लेख रचना हरु प्रस्तुत गर्ने राम्रो माध्यम हो ।

अहिलेका युवा युवती हरु सामाजिक सञ्जालमा धेरै समय बिताउने गर्छन् । कसैले यसको राम्रो सदुपयोग गर्छन् त कसैले समय कटाउने माध्यम मात्र बनाउँछन् ।

frontline

सामाजिक सञ्जालको भीडमा पछिल्लो समय टिक टक निकै लोकप्रिय बन्न पुगेको छ । कलाकार ,पत्रकार, कर्मचारी, स्वास्थ्य कर्मी, सुरक्षा कर्मी लगायत सम्पूर्ण वर्गका मानिस का लागि आफ्नो कला र मनोरञ्जन लिने दिने राम्रो प्ल्याफर्म बनेको छ टिक टक ।

बढीमा एक मिनेट सम्म भिडियो गर्न पाइने टिक टक मा नेपाली हरु पनि निकै लोभिएका छन् । त्यस्तै मा सुरक्षा कर्मीले पनि एकछिनलाई थकान तनाव बिर्सिएर टिक टक मा रमाउने गरेको देखिन्छ ।

यस्तैमा युट्युव मा महिला प्रहरीको टिक टक को लागि बनाईएको भिडियोले धेरै भूज पाएको छ । युट्युव को छोटो भिडियो अन्तरगत रहेको उक्त भिडियो ४१ लाख बढीले हेरेका छन् ।

नेपाली च्यानल नामको युटुबमा रहेको उक्त भिडियोमा १ लाख २३ हजार लाईक १३ सय कमेन्ट रहेका छन् । रोल्पा बक्सियोस् रुकुम बक्सियोस् बोलको गीतमा अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here