भवानी कन्सट्रक्सनको कागजपत्र अख्तियारको नियन्त्रणमा

३० फागुन, महेन्द्रनगर ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले कञ्चनपुरको निमार्ण कम्पनी भवानी कन्सट्रक्सनको कागजपत्र नियन्त्रणमा लिएको छ।

महाकाली नदीको नदीजन्य पर्दाथको रोयल्टी संकलनको जिम्मेवारी पाएको भवानी कन्सट्रक्सनले राजश्व चुहावट गरेको आरोपमा अख्तियारले १ सय ठेलीलगायतका कागजपत्र नियन्त्रणमा लिएको हो। 

frontline

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका कार्यालय प्रमुख राम बहादुर कुरूम्वाङले उजुरी परेपछि अनुसन्धानका लागि निमार्ण कम्पनीको कागजपत्र नियन्त्रणमा लिएको बताए।

कम्पनीले रोयल्टि संकलनका लागि भीमदत्त नगरपालिकासंग प्रति घनमिटर रु ७५ का दरले ठेक्का सम्झौता गरेको भएपनि सेवाग्राहीबाट रु १ सय ५ का दरले अशुल्ने गरेको उजुरीपछि  अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here