भवन अलपत्र बनाउने निर्माण व्यवसायीको तस्बिर सहितको ब्यानर राखेर विरोध

२० भदौ, बेनी । ५० शय्या क्षमताको भवन अलपत्र बनाउने निर्माण व्यवसायीको बेनी अस्पतालको प्रवेशद्वारमा तस्बिर सहितको ब्यानर राखेर विरोध गरेका छन्।  

अनेरास्ववीयु र राष्ट्रिय युवा संघले बेनी अस्पतालको भवन निर्माणको ठेक्का लिएको महादेव खिम्ती-गल्वा-रफिना जेभीका सञ्चालकको तस्बिर अस्पतालको प्रवेशद्वारमा टाँसेका हुन्। 

frontline

अस्पतालको भवन अलपत्र पारेर सम्पर्कविहीन भएपछि सिंहको तस्बिर र मोबाइल नम्बर उल्लेख गरिएको ब्यानर चोक र सार्वजनिकस्थलमा टाँसेर खबरदारी गरेको अनेरास्ववीयुका गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेलले बताए। 
 
तत्कालीन सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले २०७३ मङसिर २१ गते भवन निर्माणका लागि महादेव खिम्ती-गल्वा-रफिना जेभीसँग १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। 

महादेव खिम्तीका सञ्चालक निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह हुन्। यो भवन बनाउने जिम्मेवारी रफिना कन्ट्रक्सनका सञ्चालक रबिन जोशीले लिएका थिए। २०७६ मंसिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो। 

चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चार तले तीन वटा भवन निर्माणको भौतिक प्रगति ७५ प्रतिशत मात्र भएको सहरी विकास भवन भवन निर्माण आयोजना बाग्लुङले जनाएको छ। 

तीन तला ढलान र दोस्रो तलासम्म प्लास्टर भइसकेको भवनमा टायल राख्ने, रंगरोगन, विद्युत, पानी र फर्निचर जडान लगायतका काम बाँकी छन्। पछिल्लो दुई वर्षयता भवन निर्माणको काम सुस्त बनेको छ। 

नयाँ भवन बनाउन पुरानो भत्काइएको थियो। बहिरंग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ। आकस्मिक र अन्तरंग कक्ष पुरानो प्रशासनिक भवनमा सञ्चालन भएको छ। स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ। 

सघन उपचार कक्ष (आइसीयु) र डायलाइसीस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ। निर्माणाधिन भवनका दुई तीन वटा कोठामा अस्थाई संरचना बनाएर मेडिकल वार्ड र सामजिक सेवा इकाई सञ्चालन गरिएको छ। 

भवन अभावमा आइसीयु, एमआरआई, सिटिस्क्यान सेवा विस्तार गर्न नसकिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए। 

हब अस्पताल बनाउने कार्यक्रममा भवन अभावका कारण छनौट हुन नसकेको उनले बताए। १५ शय्या क्षमताको अस्पताल २०७२ मा ५० शय्यामा स्तरोन्नति भएको थियो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here