भर्जिनियाकी सुनिता खत्रीको उम्मेदवारीको घोषणा-एनआरएए अमेरिकाको महिला संयोजक पदमा

गैर आवासीय नेपाली संघ राष्ट्र्रिय समन्वय समिति अमेरिकाको लागि भर्जिनियाकी सक्रिय सामाजिक अभियन्ता सुनिता खत्रीले महिला संयोजक पदमा उम्मेदवारीको घोषणा गरेकी छिन ।

उनले गत महिना फेब्रुअरी २१ का दिन उक्त घोषणा सामाजिक संजाल मार्फत गरेकी हुन् । उनले उम्मेदवारी दिनु अगाडी आफ्ना हितैसी,साथीभाई ,सामाजिक अभियन्ता र घर परिवारमा सरसल्लाह र परामर्श गरि उम्मेदवारी दिएकी हुन् ।

frontline

उनि दुई दशक अगाडी देखि भर्जिनिया क्षेत्रमा बसोबास गर्दै आएकि छिन भने हाल उनि महिला सामाजिक कार्यकर्ताको साथै व्यवसायी पनि हुन् । उनि थुप्रै सामाजिक संघ/संस्थामा आबद्ध रहेकी छिन ।

संलग्न भएका सबैमा त्यतिकै सक्रिय रुपमा भूमिका निर्वाह गर्दै आएकी छिन । उनले सामाजिक संजाल मार्फत प्रवासमा रहेका हामी नेपालीहरुको अभिभावकको हैसियतमा रहेको गैर आवासिय नेपाली संघ (एनआरएनए)अमेरिका यस अर्थ पनि हाम्रो साझा घर हो । र यस भित्रको जिम्मेबारी हामी महिलाहरुले पनि लिनु पर्दछ भन्ने सोचले मैले महिला संयोजक पदमा उमेद्वारी दिने निर्णय गरेको छु भन्दै उम्मेदवारीको घोषणा गरेकी हुन ।

उनले यो उमेद्वारी मेरो मात्र उमेद्वारी होईन अमेरिकामा रहेका सबै नेपाली दिदी-बहिनीहरुको प्रतिनिधित्व उमेद्वारी हो । त्यसैले मेरो यस निर्णयमा तपाँईहरुको साथ सहयोग र सल्लाह सुझावको अपेक्षा गर्दै सवल सक्षम र समावेसी एनआरएनका निमित्त नयाँ कार्यसमिती निर्वाचन (२०२१\०२३)का लागि महिला संयोजक पदमा म आफ्नो उमेद्वारी घोषणा गर्दछु भनि सबैलाई सहयोग र साथ दिन आग्रह गरेकी छिन ।

१९९८ मा अमेरिका बिद्यार्थीको रुपमा अमेरिका आएकी खत्री काठमाडौँ झम्सी खेलकी हुन् । किर्तिपुरको ल्याबरोटरी माध्यमिक बिद्यालय हुदै पदम कन्या र त्रिविबाट पत्रकारितामा स्नातकोत्तर गरेकी छिन ।

अमेरिकाको स्ट्रेयर विश्व बिद्यालयबाट सूचना प्रविधिमा उच्च शिक्षा हासिल गरेकी छिन । काठमाडौँमा हिमालयन बैंकमा ५ बर्ष काम गरेको अनुभवको साथै विभिन्न स्थानीय पत्र पत्रिकामा संचारकर्मी/सम्बाददाता/बजारीकरण समेत गरेकी छिन ।

हाल उनको आफ्नै व्यवसाय सन् २००६ देखि संचालनमा छ । यसको अतिरिक्त नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल (इन्जा)को सामुदायिक पुरस्कारको प्रायोजक समेत रहेकी छिन । हाल उनि हामी नेपालीको उपाध्यक्ष हुन् भने नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)कि कार्यकारी अधिकारी पनि हुन् । यसको साथै उनि अनेसासको महिला संयोजक र एएनएचएसको आजीवन सदस्य हुन् ।

खत्री डिसी नेपाली समाज ,एनआरएनए भर्जिनिया शाखाको महिला संयोजक लगायत युएनएकी महिला संयोजक समेत रहेकी छिन ।

उनि महिला र बच्चाहरुको जीवनमा सकारात्मक प्रभाव पार्न कार्यक्रमलाई लिएर महिला संयोजकको पदमा २०२१-२०२३ का लागि चुनावी मैदानमा उत्रिएकी छिन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here