भरतपुर विद्युत सवस्टेशनको एउटा ट्रान्सफर्मर पड्कियो,विद्युत आपूर्ती अनियमित हुन सक्ने

श्रोत : ईन्टरनेट

१४ कार्तिक, भरतपुर : १३२/११ केभी भरतपुर विद्युत सवस्टेशनको एउटा ट्रान्सफर्मर गए राति पड्किएको छ । ३० एमभिएका दुई वटा ट्रान्सफर्मरमध्ये एउटा ट्रान्सफर्मर पड्किएर काम नलाग्ने गरि बिग्रिएको हो ।

एउटा ट्रान्सफर्मर बिग्रिएकाले उक्त सवस्टेशनबाट विद्युत वितरण भएका क्षेत्रमा विद्युत आपूर्ती अनियमित हुन सक्ने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।

frontline

एउटा ट्रान्सफर्मरबाट मात्रै विद्युत आपूर्ती भइरहेकाले कुनैबेला विद्युत अनियमित हुन सक्ने केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।

अहिले सबै फिडर चालू अवस्थामा छन् । विद्युत आपूर्तीमा समस्या देखिए औद्योगिक फिडरको लाइन काटेर ग्राहस्थलाई नियमित बनाइने उनले बताए ।

भरतपुर वितरण केन्द्रले बिग्रिएको ट्रान्सफर्मरको सट्टामा ग्रिड महाशाखा हेटौंडाबाट अर्को एउटा २२ एमभिएको ट्रान्सफर्मर मगाएको छ । त्यो ल्याएर जडान गर्न दुई/तीन लाग्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here