भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल विजयी

९ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् ।

भरतपुरमा ११,१७३ मत गणना गर्न बाँकी हुँदा दाहाल विजयी भएकी हुन् ।

frontline

पछिल्लो मत परिणामअनुसार दाहालले १ लाख १६ हजार ६६६ मतगणना हुँदा ४७ हजार ४० मत पाएकी छन् भने एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् ।

यी दुई उम्मेदवारबीचको मतान्तर ११ हजार ५४७ रहेको छ । अब बाँकी गन्न सबै मत विजय सुवेदीले पाएपनि रेनुले जित्ने निश्चित भइसकेको हो ।

अघिल्लो चुनावमा पनि रेनुसँग एमालेका उम्मेदवार देवी ज्ञवाली पराजित भएका थिए । भरतपुरमा कुल १ लाख २७ हजार ८३९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here