भरतपुर महानगरको कार्यपालिका सदस्यमा गठबन्धनका सबै उम्मेदवार विजयी

श्रोत : ईन्टरनेट

२४ जेठ, भरतपुर । भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनको लागि पाँच दलीय गठबन्धनको सबै उम्मेदवार विजयी भएका छन् ।

आज सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा पाँच दलीय गठबन्धनका सबै उम्मेदवार विजयी भएको नेपाली काग्रेँस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।

frontline

कार्यपालिका सदस्यमा नेपाली कांग्रेसबाट पाँच जना निर्वाचित भएका छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट दुई र एकीकृत समाजवादीबाट एक सदस्य निर्वाचित भएका छन् ।

कार्यपालिकाको महिला सदस्यमा कांग्रेसबाट सिर्जना अधिकारी, सुकमाया परियार, शारदा पोख्रेल र नर्वदा सापकोटा निर्वाचित भएका छन् ।

अधिकारीले ९१ मत प्राप्त गर्दा परियार, पोख्रेल र सापकोटाले क्रमश: ८९, ८७ र ८६ मत प्राप्त गरे । यस्तै महिला सदस्यमा नै माओवादी केन्द्रबाट बिना नेपाली निर्वाचित भईन् । उनले ८७ मत प्राप्त गरिन् ।

उता दलित तथा अलसंख्यकमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट एक-एक जना निर्वाचित भएका छन् ।

कांग्रेसबाट गोपाल दराई विजयी हुँदा एकीकृत समाजवादीबाट कोपिला उपरकोटी र माओवादी केन्द्रबाट बिष्णुबहादुर भुजेल विजयी भए ।

दराईले सर्वाधिक ९७ मत प्राप्त गर्दा उपरकोटी र भुजेलले क्रमश: ९२ र ८६ मत प्राप्त गरे ।

विजयी उम्मेदवारहरुको नामावली
खुला तर्फ
१.गोपाल दराई-नेपाली कांग्रेस
२.विष्णु वहादुर भुजेल – माओवादी केन्द्र
३.कोपिला उपरकोटी-नेकपा समाजवादी
महिला तर्फ
१.नर्वदा सापकोटा-नेपाली कांग्रेस
२.शारदा पोखरेल-नेपाली कांग्रेस
३.सिर्जना अधिकारी-नेपाली कांग्रेस
४.सुकमाया परियार-नेपाली कांग्रेस
५.विना नेपाली-माओवादी केन्द्र

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here