भतिजाले कोदालो प्रहार गरी काकाको हत्या

६ साउन, महोत्तरी । आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेका छन् । जिल्लाको पिपरा गाउँपालिका–५ सहोडवा गाउँका ४० वर्षीय रामनाथ दासले काका ६० वर्षीय रामबहादुर दासलाई कोदालो प्रहार गरी हत्या गरेका हुन्।

बगैँचामा बसिरहेका रामनाथलाई काका रामबहादुरले घर बोलाउन जाँदा खेतमा काम गरेर आफूसँगै ल्याएको कोदालो काकाको टाउकोमा प्रहार गरेर हत्या गरेको जिल्ल प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

frontline

रामनाथले काका रामबहादुरको टाउकामा कोदालो प्रहार गर्नासाथ घटनास्थलमै मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

poster-here