भगवानले नै हात थापिदिएजस्तो, मेलम्ची सुरूङ हिजोमात्रै बन्द गरिएको

श्रोत:ईन्टरनेट

लेदोसहित बाढी आएको थियो, त्यो सुरूङमा पसेको भए सबै जम्मा हुनसक्थ्यो, जसले सुरूङमा नोक्सानी हुन्थ्यो

मेलम्ची । मंगलबार बिहान ११ बजे मेलम्ची खानेपानी आयोजनाको सुरूङ बन्द गरिएको थियो।

त्यही दिन दिउँसोबाट मेलम्ची नदीमा बाढी उर्लिएको थियो। सुरूङ यदि बन्द गरिएको थिएन भने बाढी मेलम्ची सुरूङमा सिधै आउन सक्थ्यो। त्यसले सुरूङलाई धेरै क्षति गर्न सक्थ्यो।

frontline

खानेपानी मन्त्राललयका पूर्वसचिव विष्णु बेल्वासे भन्छन्, ‘भगवानले नै हात थापिदिएजस्तो भयो। हिजो नै सुरूङ बन्द गरिएको थियो।’

मेलम्ची खानेपानी आयोजनाका ईञ्जिनियरहरूका अनुसार बाढीबाट सुरूङ पूर्णरूपमा जोगिएको छ।

‘हिजो बन्द नगरिएको भए बाढी आउँथ्यो, त्यसले के कति क्षति गर्थ्यो भन्ने अनुमान लगाउन सकिँदैन,’ मेलम्ची खानेपानी आयोजनाका डिभिजनल ईञ्जिनियर राजेन्द्र पन्तले भने।

पन्तका अनुसार हालसम्म स्थायी बाँधमा क्षति पुगेको छैन। हेडबक्समा जाने अस्थायी बाँधमा केही क्षति पुगेको देखिन्छ।

तर, हेडबक्स भने सुरक्षित रहेको पन्तले बताए। ‘पानीको सतहले अहिले राम्रोसँग केही देखिएको छैन,’ पन्तले भने, ‘हामीले हेलिकप्टरबाट हेर्दा खासै ठूलो क्षति भएको देख्न सकिएन।’

हेडबक्सबाट सुरूङमा आउने सबै पानी ठप्प पारिएकाले क्षति टरेको पन्तले बताए।

‘पानीको सतह घटेपछि अस्थायी र स्थायी बाँधमा के कस्तो क्षति भएको छ हेर्न सकिन्छ,’ उनले भने, ‘अहिले त्यहाँ गएर हेर्ने अवस्था छैन।’

पूर्वसचिव बेल्वासेका अनुसार लेदोसहित बाढी आएको थियो। त्यो सुरूङमा पसेको भए सबै जम्मा हुनसक्थ्यो, जसले सुरूङमा नोक्सानी हुन्थ्यो।

पन्तका अनुसार वर्षातले क्षति गर्न सक्छ भनेरै सुरूङ निरीक्षणको काम थालिएको थियो।

‘हामीले परीक्षणकै क्रममा पानी पठाइरहेका थियौं, तीन महिनाको परीक्षण अवधि समाप्त भएपछि पुन: परीक्षणका लागि सुरूङमा पानी हाल्न बन्द गरेका थियौं,’  पन्तले  भने।

सुरूङमा पानी परीक्षण गरिएको फागुन १० गतेबाट हो।

उनका अनुसार  ईञ्जिनियरहरूको टोलीले सुरूङमा केही त्रुटि छन् छैनन् भनी हेर्नेछन्। पानी खाली गराउन पन्ध्र दिन लाग्नेछ।

र, निरीक्षण गर्न १० दिन लाग्ने छ।

मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here