भक्तपुरमा मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं । भक्तपुरमा मोटरसाइकलले ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । रामेछापको दोरम्बा गाउँपालिका–४ घर भई सूर्यविनायक नगरपालिका–१० नलिन्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
जगातीबाट साँगागा जाँदै गरेको बा४६प ११२७ नम्बरको मोटरसाइकलले नलिन्चोक जोरपाटीमा शनिबार साँझ साढे ८ बजेतिर निमबहादुरलाई ठक्कर दिएको थियो ।
![](https://frontlinekhabar.com/wp-content/uploads/2021/04/Future.jpg)
![](https://frontlinekhabar.com/wp-content/uploads/2021/04/OM.jpg)
![](https://frontlinekhabar.com/wp-content/uploads/2021/04/sujana.jpg)
![frontline](https://frontlinekhabar.com/wp-content/uploads/2021/04/Angels.jpg)
गम्भीर घाइते भएका उनलाई मध्यपुर अस्पताल पु¥याइएकोमा उपचारकै क्रममा राति पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक काभ्रेको बनेपा–६ का ४४ वर्षीय जितेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्