भक्तपुर नगरपालिकाले दियो १२० विद्यार्थीलाई ६१ लाख बराबरको छात्रवृत्ति

२ असोज, काठमाडौं । भक्तपुर नगरपालिकाले एक सय २० जना विद्यार्थीलाई करिब रु ६१ लाख बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ । उपप्रमुख रजनी जोशीले छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको बताए ।

यस वर्ष भक्तपुर नगरपालिकाले व्यवस्थापनमा ६३, विज्ञानमा ३८, मानविकीमा नौ र शिक्षा विषयमा ६ जना गरी एक सय २० जनालाई छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्ति पाउने विद्यार्थीहरू ख्वप मावि, बागिश्वरी मावि, वासु मावि र आदर्श आजाद कलेजका छन् ।

frontline

संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि २०७४ को प्रावधानअनुसार छात्रवृत्ति छनोट समितिको निर्णय, योग्यताक्रम र प्राथमिकताका आधारमा छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको नगरप्रमुख सुनील प्रजापतिले बताए ।

विद्यार्थीले आफ्नो क्षमताअनुसारको विषय रोजेर उच्च शिक्षा हासिल गर्नु उचित हुने सुझाव दिँदै उनले अध्ययनशील र मेहनती विद्यार्थीहरूको हरेक क्षेत्रमा विशेष महत्व रहने बताए । 

ख्वप कलेजलाई हालै बिएएलएलबी अध्ययन अध्यापनका लागि स्वीकृति प्राप्त भइसकेको जानकारी दिँदै उनले शिक्षाकै कारण विकसित देशहरू आर्थिक, सामाजिक र राजनैतिक रुपमा अगाडि बढिरहेको बताए । 

उपप्रमुख जोशीले शिक्षा विनाको जीवन अर्थपूर्ण नहुने बताउँदै नगरपालिकाले कक्षा ११ र १२ मा बाहेक नेपालभाषा, भूगोल, राजनीतिशास्त्र, इतिहास र संस्कृति विषय लिएर अध्ययन गरेका विद्यार्थीलाई पनि छात्रवृत्ति वितरण गरिरहेको अवगत गराए ।

उनले नगरपालिकाले प्रदान गरिरहेको शैक्षिक ऋणबाट पनि धेरै विद्यार्थीलाई उच्च शिक्षा प्राप्त गर्न मद्दत पु¥याइरहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here