भक्तपुर जिसस प्रमुखमा एमालेका ईश्वर थापा निर्वाचित

२८ जेठ, भक्तपुर । भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका ईश्वर थापा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन र एमालेका उम्मेदवारले समान ३/३ मत ल्याए पछि गोलाप्रथा गर्दा थापा प्रमुखमा निर्वाचित भएका हुन् ।

frontline

उपप्रमुखमा भने कांग्रेसकी सुजाता बादे निर्वाचित भइन् । उनले पनि गोला प्रथाबाटै जितेकी हुन् ।

८ मत रहेको भक्तपुरमा एमाले तीन, गठबन्धन तीन र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को दुई मत छ ।

जिसस गठन गर्दा आ–आफ्नै उम्मेदवार तय गर्दा एमालेलाई फाइदा भएको छ । ३ मत रहेको एमालेले जिसस प्रमुखसहित ५ सदस्य जितेको छ भने कांग्रेसले उपप्रमुखसहित दुई सदस्य जितेको छ ।

भक्तपुरमा सात सदस्यीय जिसस बनाउने सर्वदलीय सहमति जुटेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here