भक्तपुर जिल्ला सदस्य श्रेष्ठ हत्याको अभियोगमा दुई जना पक्राउ

श्रोत : ईन्टरनेट

२३ मंसिर,  भक्तपुर । युवा संघका भक्तपुर जिल्ला सदस्य राजन श्रेष्ठ हत्याको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्यविनायक नगरपालिका वडा नम्बर ३ बालकोटका २८ वर्षीय हेमन्त श्रेष्ठ वडा नम्बर २ बालकोटका ३० वर्षीय प्रेम विश्वकर्मा रहेका छन् ।

frontline

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार हेमन्तलाई बुधबार विहान ०५ : ४५ बजे मध्यपुर थिमी नगरपालिका वडा नं. ४ नयाँथिमी मध्यपुर अस्पताल नजिकैबाट र प्रेमलाई बुधबार बिहान ०९:४५ बजे काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

कसरी भएको थियो घटना ?

मंगलबार साँझ ८ बजे मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघरस्थित बर्गर हाउसमा राजन श्रेष्ठ र हेमन्त श्रेष्ठले सँगै चिया खाएका थिए ।

त्‍यसपछि हेमन्तले राजनलाई हनुमन्ते खोला पारी दाई पैसा लिएर आएको छ भन्‍दै आफ्नो मोटरसाइकलमा फलामे पुलसम्म लगेका प्रहरीको भनाइ छ ।

त्यहाँबाट दुवैजना (हेमन्त र राजन) बालकोट जाने बाटोतर्फ पैदल हिँड्दै थिए । त्यहीबेला प्रेम विश्वकर्माले काठको फर्माले राजनको टाउकोमा प्रहार गरेको प्रहरीले बताएको छ ।

त्यसपछि उनीहरुले राजनको टाउकोमा पटक पटक प्रहार गरे । स्थानीय वासिन्दाले देखेर खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरीले राजनलाई उद्धार गरी अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here