ब्राजिललाई हराउँदै अमेरिकाले जित्यो महिला फुटबलमा स्वर्ण
ब्राजिललाई हराउँदै अमेरिकाले १२ वर्षपछि पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलमा स्वर्ण पदक जितेको छ।
प्रिन्स पार्कमा शनिबार भएको फाइनलमा अमेरिकाले ब्राजिललाई १–० ले पराजित गरेको हो। अमेरिकाले ओलम्पिकमा पाँचौंपल्ट स्वर्ण जितेको हो। यसअघि सन् १९९६,२००४,२००८ र २०१२ मा अमेरिकाले स्वर्ण जितेको थियो।
निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, ५७औँ मिनेटमा मैलोरी स्वानसनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाइन्।
त्यसपछि बाँकी समय थप गोल हुन सकेन र अमेरिका विजयी बन्यो। सेमिफाइनलमा ब्राजिलले स्पेनलाई ४–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। अमेरिकाले भने जर्मनीलाई १–० ले पाखा लगायो।
प्रतिक्रिया दिनुहोस्