बौधिमाई नगरपालिकाको मेयर प्रदिप यादवको बदमासी !

मेवालाल यादव,

८ माघ, काठमाडौं ।  बौधिमाइ नगरपालिकाका मेयर यादव भन्छन -‘अर्काको बजेटलाई मेरो बजेटमार्फत् बौधिमाई नगरपालिकामा बिकास भईरहेको छ’।

frontline

कार्तिक १६ गते मुख्य मन्त्री लालबाबु राउतले बौधिमाई नगरपालिकाको ४ ठाउँमा शिलान्यास गरिएको थियो त्यसैलाई भनिरहेको छ मेयर प्रदिप यादवले मेरो पहलमा बिकास भईरहेको छ ।

२०७८ कार्तिक १६ गतेको न्युज मुख्यमन्त्री राउतद्वारा बौधिमाई नगरपालिकामा एकै दिन ४ ठाउँमा शिलान्यास गरेका थियो । रौतहटको बौद्धिमाई नगरपालिकामा मुख्यमंत्री राउतद्वारा एकै दिन ४ ठाउँमा शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो ।

बौद्धिमाई नगरपालिकाको वडा नम्बर १ अजगैबी र बौधा जोड़ने सड़क खण्डमा रहेको पुल बितेको वर्ष लालबकैया नदीको बाढ़ीले प्रभावित भई पूर्ण रुपमा क्षतिग्रस्त भई बाटो अवरुद्ध भएको पुलको आज बौद्धिमाई नगरपालिका वडा नं ४ इनर्वारीमा जनता समाजवादी पार्टी नेपाल शुभकामना आदानप्रदान कार्यक्रमका बिच प्रदेश नं २ का मुख्यमंत्री माननीय लालबाबु राउत गद्दी, प्रदेश सांसद रौतहटको चिर परिचित व्यक्तित्व क्षेत्र नं २ ख को विधायक माननीय रामकिशोर यादव, मधेश प्रदेश सदस्य तथा बौद्धिमाई नगरपालिकाको युवा मेयर राजीव रंजन उर्फ राजू यादव तथा जसपाको रौतहट जिल्ला अध्यक्ष एवं देवाहि गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलद्वारा संयुक्त रुपमा शिलान्यास कार्य सम्पन्न भएको हो ।

यससँगै बौद्धिमाई नगरभित्र पर्ने नपाको वडा नं ५ कोपवा नहरदेखि पिपरिया हुदै वडा नं.१, २, ४ र ६ को केन्द्रबिन्दुको रुपमा रहेको भोवाली चौक हुदै इनर्वा देखी मटिअर्वा हुदै ५ किलोमीटर कालोपत्रे, त्यस्तै बौद्धिमाई नपाको वडा नं ४ इनरवारीमा बिबाह भवन तथा पोखरीको सौन्दर्यकरण गरेर एकै पल्ट चार ठाउँमा शिलान्यास कार्यक्रम सम्पन्न भएको थियोे ।

साथै यस शिलान्यास सँगै बौद्धिमाई नगरपालिकामा विकासको लहरको लागेको स्थानियहरुले बताएका छन । बौद्धिमाई नगरपालिकाले गरेको सबै बिकास निर्माणका कार्यहरु ठोस र जनता अभिमुखीकरण भएको तथा हुदै गरेको बिकास निर्माणको कार्यले इतिहास रच्ने बौद्धिमाई नपाको नगर प्रमुख राजीव रंजनले बताउनु भएको छ ।

साथै बौद्धिमाईमा भएको शिलान्यास कार्यहरु अगामी कार्यकाल भित्रमा सम्पन्न गर्न वहाले मुख्यमंत्री राउतलाई आग्रह समेत गरेको थियो । कार्यक्रममा जसपाको केन्द्रीय सदस्य रेवन्त झा, प्रदेश नं. २ को बिकास सभापति माननीय फूलबाबू, जसपाको केन्द्रीय सदस्य बालकिशोर यादव, माधव नारायण नगरपालिकाको नगर प्रमुख बिरेन्द्र प्रसाद यादव, जसपा उप सभापति रामअशिष यादव, मुस्लिम संगको जिल्ला सदस्य मोहम्मद अनवर हाँसमी, मदेश प्रदेश सदस्य श्याम बिहारी यादव, मोहम्मद कलाम अालम, बौद्धिमाई नपाको नगर उप प्रमुख प्रेमलता कुशवाहा, मोहम्मद सकिल अख्तर, जसपाको जिल्ला कमिटि, नगर कमिटी तथा बिभिन्न वडाका वडा कमिटीका सदस्यहरु लगायत नेता कार्यकर्ता तथा सर्व, साधारणको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here