बौद्धिमाई-१ मा जसपाको १२१ सदस्यीय वडा कमिटी समायोजन कार्यक्रम सम्पन्न

मेवालाल यादव

बंकूल । कार्तिक ८ गते रौतहटको बौद्धिमाई नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल को संगठन सुदृढीकरण एवं जनजागरण (सुज) अभियान अभिमुखिकरण तथा वडा कमिटी समायोजन कार्यक्रम सम्पन्न भएको छ।

frontline

जनता समाजवादी पार्टी नेपाल,रौतहट बौद्धिमाई वडा कमिटिको आयोजनामा सम्पन्न कार्यक्रम बौद्धिमाई नगरपालिकाको वडा नम्बर १ अजगैबी,बौधामा सम्पन्न भएको छ।

वडा कमिटी समायोजन कार्यक्रम अन्तर्गत बौद्धिमाई नगरपालिकाको वडा नम्बर १ अजगैबी,बौधामा सोमबार १२१ सदस्यीय वडा कमिटी गठन कार्य सम्पनन भएको छ।

वडा नम्बर १ अजगैबी,बौधामा नयाँ वडा कमिटिमा वडा अध्यक्षमा रामजोधी राउत, उपाध्यक्ष जोतिक राय यादव , गगनदेव राय यादव, रामदेव राउत कुर्मी, कोषाध्यक्ष रीना देवी बैठा, सचिव रामअधार राय यादव र स सचिवमा नन्दकिशोर राय यादव लगायत १२१ सदस्यीय जसपाको वडा कमिटी गठन भएका छन ।

जनता समाजवादी पार्टी नेपालको वडा नम्बर १ अजगैबीको वडा प्रत्याशी रामजोधी राउत कुर्मिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जसपाको केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नं.२ विधानसभा ‘ख’ को विधायक माननीय रामकिशोर यादव उर्फ किशोरी यादव तथा विशिष्ट अतिथि बौद्धिमाई नगरपालिकाको नगर प्रमुख प्रदेश २ को जसपा प्रदेश सदस्य युवा मेयर राजीव रंजन यादव तथा जसपाको केन्द्रीय सदस्य युवा नेता विवेक कुमार यादवले आसन ग्रहण गर्नु भएको थियोे ।

कार्यक्रममा बौद्धिमाई नगरपालिकाको नगर प्रमुख राजीव रंजन यादवले सम्पूर्ण जनसमुदायमा आउदै गरेको हिन्दुहरुको महान पर्व दीपावली तथा छठ पर्वको शुभकामना दिदै संगठन सुदृढीकरण एवं जनजागरण (सुज) अभियान अभिमुखिकरण कार्यक्रम जनता समाजवादी पार्टीको केंद्रीय निर्देशन अनुसार मुख्य उद्देश्य पार्टिलाई जरादेखि नै बलियो बनाउनु , पार्टी संगठन सुदृढ गरी अगामी निर्वाचनमा जसपा पार्टिको केन्द्रसम्म बहुमत ल्याई सफल हुन साथै जसपाले मात्र समग्र मधेशी जनताले खोजेको संघीयता,सुशासन, समृद्धि र समाजवाद ल्याउन सक्ने उहाँले बताउनु भयो ।

कार्यक्रममा बौद्धिमाई नगरपालिकाको नगर उपप्रमुख प्रेमलता कुशवाहा, जसपा नेपाल बौद्धिमाई नपाको नगर कमिटी अध्यक्ष तथा बौद्धिमाई नपा वड़ा नं. ६ पिपरिया परोहाका वडा अध्यक्ष हृदय नारायण राय यादव, बौद्धिमाई नपा वड़ा नं. ४ इनरवारीका वडा अध्यक्ष देव् नारायण प्रसाद जयसवाल,युवा नेता विवेक कुमार यादव, वडा नमबर ३ मटीअर्वाका वडा प्रत्याशी मणिभूषण साह,युवा नेता सिकेन्द्र यादव , रामाधार प्रसाद पटेल , युवा नेता लखिन्द्र यादव, युवा नेता नरेन्द्र प्रसाद कुशवाहा तथा जसपाका नेता कार्यकर्ताहरू लगायत आम सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here