बोलेका कुरा इमानदारीका साथ पुरा गर्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता

फाइल फोटो

 २२ पुस, काठमाडौं । उप– प्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू नागरिकको सेवा र सहजतामा काम गर्ने बताएका छन् ।

शुक्रबार राति सामाजिक सञ्जालमा लेख्दै उनले आफूले बोलेका कुरा इमानदारीका साथ पुरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

frontline

लामिछानेले मन्त्रीमा नियुक्त भएलगत्तै आफ्नो सुरक्षामा खटिएका प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायव निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी राखेको र अगुवा पछुवाको सुरक्षाकर्मी तथा गाडी पनि घटाएको उल्लेख गरेका छन् ।

यस्तै उनले आफूले सर्वसाधारण नागरिक जस्तै ट्राफिक नियमको पनि पालना गर्दै आएका बताएका छन् । आकस्मिक बाहेक अन्य समयमा साइरन पनि नबजाउने जनाउँदै उनले बिदाको दिन र व्यक्तिगत काममा आफ्नै सवारीसाधन प्रयोग गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here