बैत्यश्वरमा सबै वडाका सडकमा पिच, कृषकका तरकारीले पाउन थाल्यो मुल्य

दोलखाका मुख्य सडकको दुर्दशा भोगेका सर्वसाधारणले ग्रामिण भेगमा सुविधा युक्त कालोपत्रे सडक उपयोग गरुन भन्ने उद्देश्यले गाउँपालिकाले आफनै लगानीमा सडक पिच गर्न थालेको छ ।

दोलखाको बैत्यश्वर गाउँपालिकाले पुरैपालिका समेटिने गरी तीन स्थानबाट सडक कालोपत्रे गरेको हो । ग्रामिण भेगका नागरिकहरु सास्त खेपेर हिड्नपर्ने अवस्था अन्त्य गर्न सडक कालोपत्रे गरेको बैत्यश्वर गाउँपालिका अध्यक्ष छवि लामा बताउँछन् ।

frontline

बैत्यश्वर गाउँपालिकाले गोपी खोला­जोरमाने सडक १३ सय मिटर, मिर्गे १२ सय मिटर कालोपत्रे गरेको छ ।

यस वर्ष दुबै सडक पिच गर्न २÷२ करोड बजेट विनियोजन गरेको छ । बैत्यश्वर गाउँपालिकाको उच्च भुभागमा पर्ने मैनापोखरी­क्षेत्रपा सडक कालोपत्रे गर्न नमिल्ने कारण ७ सय मिटर ढलान समेत गरेको छ ।

यो सडक खण्डका लागी २ करोड रुपैयाँ विनियोजन गरेको बैत्यश्वर गाउँपालिकाका प्रवक्ता शम्सेर घिसिङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here