बैतडीमा अटो दुर्घटना हुँदा ७ जना घाइते

१७ असोज, बैतडी । महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका-४ बसालि नजिक अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा अटो चालक बैतडीको डिलासैनी गाउँपालिका-६ का ३४ वर्षीय धनसिंह थलाल, सोही ठाउँका ५० वर्षीय वीरसिंह खत्री, ४५ वर्षीय अम्मरा खत्,१३ वर्षीय संगिता थलाल, २५ वर्षीया निर्मला थलाल, १६ वर्षीया धनपति थलाल र ९ वर्षीय जनक थलाल रहेका छन् ।

frontline

घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पठाइएको खोचलेक प्रहरी चौकीका ईञ्चार्ज प्रहरी नायव निरीक्षक मानसिंह पन्तले जानकारी दिनुभयो ।

गोकुलेश्‍वरबाट देहिमाडौतर्फ गइरहेको अन टेस्ट अटो बिहान पौने १० बजे दुर्घटनामा परेको उहाँले बताउनुभयाे । अटोमा सवार यात्रु महाअष्टमीका दिन साेमबार देहिमाडौस्थित निङ्लासैनी भगवती मन्दिरमा लाग्ने मेलामा हेर्नका लागि जान लागेकाे उहाँले बताउनुभएकाे छ ।

तीब्र गतिमा रहेको उक्त अटो अनियन्त्रित भएर पल्टिएको उहाँकाे तर्क छ । दुर्घटनाग्रस्त अटो सडकबाट करिब ५०० मिटर तल खसेको थियाे ।

साेही घटनाकाे विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here