बैतडीको पाटन–पञ्चेश्वर सडक खण्ड अवरुद्ध

बैतडी । अविरल वर्षाका कारण पहिरो खस्दा बैतडीको पाटन–पञ्चेश्वर सडक खण्ड अवरुद्ध भएको छ । उक्त सडकखण्डको पाटन नगरपालिका ६ चानपुरमा गएराति सडक माथिबाट खसेको पहिरोले सडकखण्ड अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा तल्लोस्वराडबाट सदरमुकाम,डडेल्ुधरा,धनगढी,महेन्द्रनगरका लागि छुटेका तथा तल्लोस्वराड भित्रिने सवारी साधन बीचबाटोमै रोकिएका छन् ।

frontline

यसका साथै आकस्मिक उपचारका लागि अस्पताल जान लागेका बिरामी र अन्य यात्रु पनि बीच बाटोमै अलपत्र परेका छन् ।

अवरुद्ध सडक सुचारुका लागि पहल भइरहको भएपनि सडक माथिबाट ठुलो पहिरो खसेकाले समस्या भएको इलाका प्रहरी कार्यालय पाटनका निमित्त प्रमुख राम दत्त भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“पहिरो पन्छाउन जेसिबी लगाएका छौ, पहिरो ठुलो छ, सडक सुचारु गर्न केही समय लाग्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here