बैंकका कर्मचारीद्वारा सामाजिक सुरक्षा कोष विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सामाजिक सुरक्षा कोषमा जबर्जस्ती आवद्ध नगराउनु भनी बैंक तथा वित्तीय संस्थाका ६५ कर्मचारीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उनीहरुले आफूहरुको पेशा व्यवसायको हकलाई प्रतिकुल असर पार्ने गरी, खाई पाई आएको सुविधा कटौती गर्ने गरी जबर्जस्ती कोषमा आवद्ध नगराउन र आवद्ध नभएमा जरिवाना गर्ने जस्ता काम नगर्नु नगराउनु भनी परमादेश माग गरेका छन् ।

frontline

सामाजिक सुरक्षा कोषले असार मशान्तभित्र सबै बैंकका कर्मचारीलाई आवद्ध हुन निर्देशन दिएपछि बैंकका कर्मचारी सर्वोच्चसम्म पुगेका हुन् ।

उनीहरुले आफूहरुको खाइपाइ आएको सुविधा घट्ने, भविष्यमा पाउने प्रतिफल कम हुने जस्ता कारण देखाएर सामाजिक सुरक्षा कोषमा आवद्ध हुन इन्कार गरिरहेका छन् ।

बैंक कर्मचारीको रिटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय, सामाजिक सुरक्षा कोष, विभिन्न बैंकलाई विपक्षी बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here