बेलायती अधिकारी र तालिबान सदस्यबीच कतारमा भेटवार्ता

काठमाडौं । अमेरिकाले आफ्ना सबै सैनिक आफगानिस्तानबाट फिर्ता गरे पनि अहिले पनि अफगानिस्तानमा धेरै मुलुकका नागरिक छन् ।

धेरै बेलायती नागरिक पनि अहिले अफगानिस्तानमा छन् भने विदेशी सेनालाई सहयोग गर्ने धेरै मानिस पनि अफगानिस्तानमा नै छन् ।

frontline

बेलायतले आफ्ना नागरिक र गठबन्धन सेनालाई सहयोग गर्ने अफगान नागरिकलाई अफगानिस्तानबाट उद्धार गर्ने विषयमा अहिले वार्ता गरिरहेको छ ।

बेलायती अधिकारी र तालिबानका सदस्यबीच यो वार्ता कतारको राजधानी सहर दोहामा चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

बेलायतको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले प्रधानमन्त्रीका विशेष प्रतिनिधिले तालिबानसँग वार्ता गरिरहेको बताएका हुन् ।

यसअघि गत मंगलबार बेलायती विदेशमन्त्री डोमिनिक राबले बेलायतले अहिलेसम्म करिब १७ हजारभन्दा धेरै मानिसलाई अफगानिस्तानबाट उद्धार गरेको बताएका थिए ।

जसमा पाँच हजारभन्दा धेरै बेलायती नागरिक थिए । यद्यपि बेलायतले सबैलाई भने उद्धार गर्न नसकिएको बताउँदै आएको छ ।

यस्तोमा अमेरिकी सेना पनि मंगलबारबाट फिर्ता गएसँगै बेलायतले तालिबानसँगको सहकार्यमा उनीहरुको उद्धार गर्ने तयारी अघि बढाएको हो ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here