बेलायतमा अत्याधिक गर्मी, राष्ट्रिय संकटको घोषणा

२ साउन, काठमाडौं । बेलायतमा अत्याधिक गर्मी बढेपछि सरकारले राष्ट्रिय संकटको घोषणा गरेको छ ।

सोमबारको तापक्रम ४१ डिग्री पार गर्ने प्रक्षेपणपछि बेलायतले पहिलो पटक अत्याधिक तापक्रम वृद्धिका कारण राष्ट्रिय संकट घोषणा गरेको हो ।

frontline

युके महानगर कार्यालयले राजधानी लण्डन, म्यान्चेस्टर, योर्कलगायतका क्षेत्रमा सोमबार र मंगलबार तापक्रम ४१ डिग्रीमाथि पुग्ने भन्दै सर्वसाधारणका लागि सचेत रहन चेतावनी दिएकाे छ ।

अत्याधिक गर्मीका कारण ज्यानकै जोखिम बढ्न सक्ने भन्दै उक्त कार्यालयले आफ्नै दैनिकीमा परिवर्तन गर्न भनेको छ ।

केही विद्यालयहरू बन्द गरिएका छन् भने कतिपय अस्पतालहरूले पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका छन् । त्यस्तै रेल वे, शपिङमल र रेष्टुराँहरूमा भीड नगर्न भनिएको छ ।

सडकमा अलकत्र पग्लेकाले बालुवा छर्न थालिएको भएपनि चालकहरूलाई ध्यान पुर्याएर सवारी चलाउन सुझाव दिइएको छ ।

युके स्वास्थ्य सुरक्षा एजेन्सीले अत्यधिक तापक्रमका कारण बिरामी पर्ने र ज्यानै जाने खतरा रहेको भन्दै आफूलाई चुस्त र तन्दुरुस्त राख्न भनेको छ ।

प्रधानमन्त्रीको कार्यालयले उच्च तापक्रमका कारण जारी गरिएको राष्ट्रिय संकटलाई अन्य संकटकालकै रुपमा लागू गरिने बताएको छ । गत सातादेखि बढेको अत्याधिक तापक्रमले सिंगो युरोप अस्तव्यस्त भएको छ ।

जंगलहरूमा लागेको आगो निभाउन मुस्किल भइरहेको छ । साथै आगलागी बस्तीमा सल्किने भएकाले हजारौं मानिसलाई सुरक्षित स्थानतिर सार्ने क्रम समेत जारी रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here