बेलबारीले दुई प्रतिशत ब्याजदरमा ऋण दिने

कोरोना भाइरसका कारण बेरोजगार बनेका युवालाई बेलबारी नगरपालिकाले २ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । नगरपालिकाले वैदेशिक रोजगारीमा गएका युवाहरू घर फर्किएका तथा वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवालाई आफ्नै नगरमा स्वरोजगार बनाउने लक्ष्य लिएर युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको हो ।  

नगरपालिकाको बैठकले युवा स्वरोजगार तथा लक्षित वर्ग कार्यक्रम सञ्चालन कार्यविधि नै बनाएर कार्यक्रम सञ्चालन गर्न लागेको हो । नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले आवश्यक कानुन बनाएको र चाँडै कार्यान्वयनमा जाने बताए । उनले भने, ‘युवाहरूलाई नगरपालिका नै जमानी बसेर ५ लाख रुपैयाँ २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन लागेको हो ।’ बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने थप ब्याज नगरपालिकाले तिरिदिने तथा यस कार्यक्रममा सहभागी हुने युवा तथा युवा समूहले धितो राख्नुनपर्ने सुवेदीले बताए । 

frontline

कार्यक्रम कृषि, पशुपालन, माछापालन, व्यापार व्यवसाय गर्नेहरूका लागि लक्षित रहेको छ । सामूहिक खेती तथा व्यापार–व्यवसाय गर्नेहरूलाई पहिलो प्राथमिकता दिइने नगरपालिका प्रमुख सुवेदीले बताए । उनका अनुसार युवा स्वरोजगार कोषको नाममा छुटै कोषको स्थापना गरिनेछ । नगरपालिकाले यसका लागि १ करोड रुपैयाँको कोष स्थापना गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here