बेनी–जोमसोम–कोरला सडकका आठ निर्माण कन्ट्रक्सनलाई सात दिने अल्टिमेटम
२४ पुस, जोमसोम । राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनाका आठवटा निर्माण कन्ट्रक्सनलाई सात दिने अल्टिमेटम दिइएको छ।
कोरला सडक आयोजनाले सम्झौताअनुसार तोकिएको समयमा काम सम्पन्न नगरेका निर्माण कन्ट्रक्सनलाई अन्तिम चेतावनी स्वरूप अल्टिमेटम दिएको हो।
सडक आयोजनासँग सम्झौता गरी काम गर्ने जनाइए पनि तोकिएको समयमा निर्माणको काम नगरेको, पटक पटक म्याद थप गर्नु परेको र कम्पनीहरूलाई काममा फर्किन यसघि लिखित पत्र र मौखिक निर्देशन गरी आग्रह गरिएको भएपनि अटेरी गर्दा सडक तथा पुल निर्माणको काम अलपत्र परेको छ।
निर्माण कम्पनीले पछिल्लो पटक म्याद थप गरिएको प्रतिवद्धताअनुसार काम नगरेकाले सार्वजनिक सूचना प्रकाशित गरी ७ दिने अल्टिमेटम दिएको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए।
चित्त बुझ्दो जवाफ नआए वा काममा नफर्किए ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने आयोजनाले चेतावनी समेत दिएको छ।
प्रतिक्रिया दिनुहोस्