बेइजिङबाट खोप ल्याउन आजबाट लगातार तीन उडान गर्दै

काठमाडौं । चीनको राजधानी बेइजिङबाट कोरोना विरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाजले आजबाट लगातार तीन उडान गर्दैछ ।

नेपाल वायुसेवा निगमका अनुसार सरकारले चीनबाट खरीद गरेको दोस्रो खेप लिन आज साँझ जहाज बेइजिङ उड्दैछ ।

frontline

यो जहाज बिहीबार काठमाडौं अवतरण गर्नेछन् । बिहीबार साँझ जहाज पुनः बेइजिङ जाने छ ।

सो जहाज शुक्रबार काठमाडौं आउने छ । अर्को उडान शनिबार साँझका लागि तोकिएको छ ।

सो जहाज आइतबार काठमाडौं आउने छ । वाइडबडी जहाज ए-३३९ जहाजले एक पटकमा ८ लाख भन्दा केही बढी खोप ल्याउन सक्छ ।

यसअघि निगमले २५ असारमा पहिलो खेप ल्याएको थियो । सो बेला ८ लाख ९ हजार ६ सय डोज खोप नेपाल आएको थियो ।

सरकारले ४० लाख डोज खोप चीनबाट किनेको छ । चीनले थप १६ लाख डोज खोप अनुदानमा दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here