बूढानीलकण्ठ, कपन, सानेपामा समेत हैजाका बिरामी, राजधानीबासीमा त्रास

९ असार, काठमाडौं । तुलनात्मक रूपमा कम प्रदूषित क्षेत्र मानिएको बूढानीलकण्ठ नगरपालिकामा समेत हैजाका बिरामी भेटिएपछि राजधानीबासीमा त्रास बढेको छ।

बुधबारसम्म जम्मा पाँच व्यक्तिमा हैजा देखिएको छ। तीन दिनअघि दुई जनामा देखिएको यस रोगलाई लिएर आम व्यक्तिमा ुअपवाद हो, अन्यत्र देखिन्नु भन्ने मनोभाव काठमाडौंको दक्षिणी क्षेत्र सानेपामा पनि देखिएपछि सम्पूर्ण उपत्यका नै प्रभावित हुन सक्ने त्रास बढेको छ।

frontline

काठमाडौं उपत्यकामा बुधबार थप तीन जनामा हैजाको संक्रमण पुष्टि भएको हो। काठमाडौंको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, दुई जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा हैजा पुष्टि भएको र अर्का एक जनाको पाटन अस्पतालले आरडीटी परीक्षण गर्दा सोही रोग देखिएको हो।

कपन र सानेपाका बासिन्दामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा। चुमनलाल दासले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here