बुद्ध एयरको जहाज होल्ड हुँदा बेहोस भएकी महिला डिस्चार्ज

६ माघ, नेपालगन्ज  । बुद्ध एयरको जहाज नेपालगन्ज विमानस्थलको आकाशमा ३५ मिनेट होल्ड हुँदा बेहोस भएकी महिला डिस्चार्ज भएकी छन् ।

भारतको दिल्लीबाट काठमाडौं आएकी ४७ वर्षीया जानुका थापा सो विमानबाट आफन्तलाई भेट्न सुर्खेत जाँदै थिइन्।

frontline

विमान होल्ड भएपछि आत्तिएर थापा बेहोस भएकी थिइन् । जहाज अवतरण हुने वित्तिकै उनलाई एम्बुलेन्सबाट राँझास्थित सैनिक अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो ।

बुद्ध एयरको नेपालगन्ज व्यवस्थापक विनित शाहले अस्पताल लगेको एक घण्टाभित्रै होस आएपछि आफन्तको जिम्मा लगाएको जानकारी दिइन्।

उनले भनिन्,’ जहाज अवतरण हुनेवित्तिकै अस्पताल लगिएको थियो। होस आएपछि आफन्तको जिम्मा लगाइएको हो।’

व्यवस्थापक शाहका अनुसार बिहीबार बिहान ७: ४४ बजे काठमाडौंबाट आएको जहाज ८: ४४ मा नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने बेलामा वर्षा भएपछि ९ :१९ बजे ल्याण्ड गरिएको थियो।

उनीसँगै विमानमा ६९ जना यात्रु सवार थिए। अन्य यात्रुको अवस्था सामान्य रहेको शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here