बुढीनन्दा नगरपालिका-५ मा उच्च सुरक्षाबीच पुन: मतदान जारी

१० मंसिर, बाजुरा । मतदानका क्रममा भएको विवादका कारण मंसिर ४ मा स्थगित बुढीनन्दा नगरपालिका ५ नन्देश्वरी माविमा उच्च सुरक्षाकाबीच मतदान जारी छ ।

शनिबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मंसिर ४ गते को निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडप भएपछि मतदान स्थगित गरिएको थियो ।

frontline

मंसिर ७ गते स्थगित गरिएको निर्वाचन निर्वाचन आयोगले पुनः मंसिर १० गते गर्ने भनेर सुचना जारी गरेको थियो। बिहान सात बजेबाट सुरु भएको मतदान केन्द्रमा मतदाताको उल्लेखनीय उपस्थिति रहेको छ ।

मतदान केन्द्रमा सुरक्षा ब्यवस्था कडा परिएको छ ।पुनः मतदानका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) हरूको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here