बुढानिलकण्ठमा दुई बनभोज स्थल,एक जिप फ्लाएर निर्माण गरिदै

श्रोत : ईन्टरनेट

काठमाण्डौ । पर्यटन पूर्वाधार  समृद्धिको आधार भन्ने नारा तय गरेर बुढानिलकण्ठ नगरपालिकाले दुई स्थानमा बनभोज स्थल र एक स्थानमा जिप फ्लाएर ( ZIP FLYER ) निर्माण गर्ने भएको छ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलको अध्यक्षतामा भएको नगर सभाको उद्घाटन शत्रमा नीति तथा कार्यक्रममा वडा नं १ मा रिसोर्ट सहितको बनभोज स्थल र रातमाटे डाँडामा बनभोज स्थल र जिप फ्लाएर ( ZIP FLYER ) निर्माण गरिने उल्लेख गरिएको छ।

frontline

बुढानिलकण्ठ नगरपालिकाको पर्यटन प्रवर्धन गर्दै आर्थिक गतिविधिको विकासका लागि वडा नं ५ डाँडा गाउमा पर्यटन पार्क ,चिसेनी पार्कको सौन्दर्यिकरण , रुद्रेश्वर हाइटमा सृजना ग्राम र संग्रहालय  निर्माण ,जगडोलमा रावण पार्कको निर्माण र झन्डा पार्कमा पूर्वाधार विकास जस्ता योजनाहरुलाई निति तथा कार्यक्रममा समावेस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here