बुटवलमा खेल प्रतियोगिताको ‘बाढी’

बुटवल, ५ फागुन ।
बुटवलको पुरानो सिद्धेश्वरी खेलमैदानमा लखन कप फुटबल प्रतियोगिताको सेमीफाईनल खेलमा खचाखच दर्शकको भिड छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा माघ २२ गतेदेखि प्रथम लखन कप भैरहेको छ ।
सोमबारदेखि बुटवल देविनगरस्थित लनटेनिस कोर्टमा तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ को तयारी पुरा भएको छ । जहाँ नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय रेकिङ एक सय बढि खेलाडीहरूले भाग लिनेछन ।

सोमबार देखि नै बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र नगर खेलकुद विकास समितिको आयोजनामा विद्यालयस्तरीय दोस्रो मेयर कप छात्र/छात्रा फुटबल प्रतियोगिता २०८१ सोमबारदेखी शुरु हुँदैछ । खेलकुदको उर्वरभूमि बुटवलसहित रूपन्देहीमा नै खेलकुद गतिविधिमा अगाडी रहेको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले खेल पूर्वाधार र विकासमा फड्को मार्ने गरि लगानी गरेको दाबी गरे । ‘खेलकुद हब बनाउने गरि योजनासहित खेल पूर्वाधार विकास भएको छ,’ उनले भने । संघीय र प्रदेश सरकारको सहयोगमा नगरभित्र धेरै नया पूर्वाधार र पुराना खेलमैदानलाई मर्मत सम्हारको काम भैरहेको उनले बताए । रूपन्देहीकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप आयोजना गर्न ४० लाख रूपैयाँ तथा राष्ट्रिय लनटेनिस प्रतियोगिता आयोजनका लागि १२ लाख रूपैयाँ बजेट बिनियोजना गरेको उनले बताए ।
यसैगरि एन्फा एकेडेमीमा १३ वर्ष मुनिका युवा खेलाडी उत्पादनमा समेत लगानी गरिरहेको उनले बताए । यसका साथै खेलाडी, प्रशिक्षक, पत्रकार सम्मानका कार्यक्रम गरि थप प्रोत्साहनका कार्यक्रम समेत नगरबाट भैरहेको उनले बताए । खेलाडीलाई प्लेटफर्म दिने र युवा खेलाडीहरूलाई प्रोत्साहनमा खेल गतिविधि महŒवपूर्ण हुने रूपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली बताउछन । लन टेनिस खेल र खेलाडी विकास गर्ने उदेश्यका साथ संघबाट निरन्तर खेल गतिविधि हुँदै आएको उनले बताए ।

frontline

फागुन ५ देखी ९ गतेसम्म हुने लन टेनिस प्रतियोगिताको तयारी पुरा भएको संयोजक विष्णु प्रसाद चापागाईले बताए । एकलतर्फ पुरुष÷महिला एकल, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लस गरि ६ विधा र डबल्सतर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लस गरि पाच विधा गरि कुल ११ विधामा प्रतियोगिता आयोजना हुने छ । एकलतर्फ पुरुष÷महिला एकलको विजेताले नगद ६०÷६० हजार, उपविजेताले नगद ३० हजार तथा तृतिय स्थान हासिल गर्ने खेलाडीले २० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लसका विजेताले क्रमश ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रूपैयाँ, उपविजेताले २० हजार, २० हजार, १५ हजार र सात हजार पाच सय रूपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि पुरुष डबल्स, महिला डबल्सको विजेताले नगद २० हजार रूपैया, उपविजेताले १० हजार र तृतियले नगद १० हजार रूपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लसका विजेतालाई जनही नगद १५ हजार, उपविजेतालाई १० हजार रूपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

फुटबल खेल र खेलाडीहरूको विकास गर्ने उद्ेश्यका साथ बुटवलमा अन्तर विद्यालय फुटबल प्रतियोगिता गर्न लागेको नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बताए । फुटबलमात्र नभई धेरै खेल विकासमा नगर लगानी गरिरहेको उनले बताए । प्रतियोगिताको छात्रतर्फको उपाधि विजेताले नगद १ लाख रूपैया तथा उपविजेता टिमले नगद ६० हजार रूपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि छात्रातर्फ उपाधि विजेताले नगद ५० हजार रूपैया तथा उपविजेता टिमले ३० हजार रूपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि प्रतियोगितामा विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत पुरस्कृत गरिने उनले बताए ।
कार्यक्रममा प्रतियोगिताका म्याच कमिश्नर हरि प्रसाद श्रेष्ठले बुटवल १२, चारपाला खेलमैदान तामनगर र बुटवल १३ जबई खेलमैदानमा गरि दुई स्थानमा प्रतियोगिता हुने बताए । प्रतियोगिता आयोजना हुने मैदान मर्मत र रंगरोगन, रेफ्री र टिम दर्ता लगायतका सबै काम पुरा भएको उनले बताए । प्रतियोगितामा छात्रतर्फ २५ र छात्रातर्फ १० विद्यालयहरूले भाग लिदैछन । सात दिन संचालन हुने प्रतियोगितामा १८ लाख खर्च हुने अनुमान रहेको उनले बताए । पहिलो संस्करणमा अक्सफोर्ड मावि प्रतियोगिताको विजेता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here