बीमा कोष अपचलनमा दीपक भट्टसहित १४ जना विरूद्ध ३ अर्ब ४६ करोडको मुद्दा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा कोष अपलचन र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा १४ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ। 

बिहीबार अदालतमा दर्ता भएको उक्त मुद्दामा १४ जना प्रतिवादीबाट ३ अर्ब ४६ करोड २४ लाख ३५ हजार ४४९ रुपैयाँ बिगो मागदाबी गरिएको छ। 

frontline

त्यसबाहेक, उनीहरूको बैंक खातामा रहेको रकम र उनीहरूको नाममा रहेको सम्पत्ति समेत जफतको माग अभियोगपत्रमा गरिएको छ।

त्यसमध्ये बीमा सम्बन्धी कसुरमा एक अर्ब ६९ करोड ८४ लाख ३५ हजार ४४९ रुपैयाँ बिगो दाबी गरिएको छ भने सम्पत्ति शुद्धीकरणतर्फ एक अर्ब ७६ करोड ४० लाख बिगो दाबी गरेर मुद्दा दर्ता भएको छ। 

विभागले विवादास्पद व्यवसायी दीपक भट्ट, हिमालयन रि–इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिमा रहेका शेखर गोल्छा, अमित मोर, साहिल अग्रवाल, सुवासकुमार झुनझुनवाला, साक्षी वंशल गुप्ता, रोहित गुप्ता, राजीव मोर, शुभेच्छा खरेललाई यो मुद्दामा विपक्षी बनाइएको छ। 

त्यसैगरी, हिमालय रि–इन्स्योरेन्स लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल र चन्द्रशेखर राममूर्ति र तत्कालीन कार्यकारी निर्देशक मनिष कुमार बीमा कसुर गर्ने कार्यमा संलग्न रहेको विभागको दाबी छ।  

उनीहरूले हिमालयन रिइन्स्योरेन्सबाट एलिएन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिलाई पुनर्बीमा ब्रोकर कमिसनका नाममा ठूलो रकम भुक्तानी गरेको र सो रकम योजनाबद्ध रूपमा अन्य कारोबारमा प्रयोग गरिएको निष्कर्ष विभागको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here