मिचिएको जग्गा फिर्ता ल्याएर भाडामा लगाउने त्रिविको नीति

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मिचिएका २ हजार रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याएर आम्दानीको स्रोत बढाउने तयारी गरेको छ। चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै त्रिवि रजिस्ट्रार डा रवीन्द्र शिवाकोटीले मिचिएका जग्गा फिर्ता ल्याएर लिजमा दिने नीति लिइएको बताए।

‘त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१’ ले २ हजार रोपनीभन्दा बढी जग्गा निजीेदेखि धार्मिकसम्म गरी १८ वटा संघ–संस्थाले हडपेको खुलासा गरेको थियो।

frontline

विश्वविद्यालयको कुलपति वालेन्द्र शाहको अनुपस्थितिका कारण पहिलो पटक सहकुलपति तथा शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बिहीबार सिनेट बैठक बसेको थियो। जसमा विश्वविद्यालयको सम्पत्तिको खोजी, संरक्षण तथा अभिलेख गर्ने कार्यलाई निरन्तरता दिइएको त्रिविले जनाएको छ। व्यावसायिक दृष्टिकोणले महत्त्वपूर्ण स्थानमा रहेका जग्गालाई सार्वजनिक निजी साझेदारीको अवधारणाअनुसार परिचालन गर्ने बैठकमा बताइएको थियो।

त्रिविका काठमाडौँ उपत्यका तथा उपत्यकाबाहिर रहेका आङ्गिक क्याम्पसहरूका नाममा रहेका जग्गाको संरक्षणका लागि तारबार तथा घेराबार गर्ने र आवश्यक संरक्षणात्मक व्यवस्था मिलाउने कार्य अगाडि बढाउने रजिस्ट्रार शिवाकोटीले बताए। उनले खोजबिन आयोगको प्रतिवेदनको आधारमा आवश्यक कानुनी तथा प्रशासनिक कारबाही अगाडि बढाई विश्वविद्यालयको जग्गा तथा सम्पत्तिको संरक्षण र आम्दानीमूलक उपयोग गर्ने नीतिगत निर्णय भएको बताए।

रजिस्ट्रार शिवाकोटीले बल्खुस्थित थापाथली क्याम्पसको जग्गामा चालु आर्थिक वर्षदेखि त्रिविको आन्तरिक आय वृद्धि गर्ने गरी निर्णय भएको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here