बिहेभोज खाएका डेढ सय जना बिरामी, १५ जना अस्पताल भर्ना

फाइल तस्बिर

२० मंसिर, तानसेन । जिल्लाको बगनासकाली गाउँपालिका-१, चिर्तुङधारा घोरबन्दामा बिहेभोज खाएका डेढ सय जना बिरामी परेका छन्। जसमध्ये १५ जना  मिशन अस्पताल तानसेनमा भर्ना भएका छन्। 

भोज खाएपछि झाडा बान्ता हुने टाउको दुख्ने समस्या देखिएको थियो।  

frontline

भोजमा सहभागी भएका १ सय १ जनाको घरघरमा पुगेर प्राथमिक उपचार, स्लाइन पानी चढाउने, जीवन जलका साथै आवश्यक औषधि वितरण गरिएको  बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए।  

डा राजीव रावल, मधुसुधन भट्टराई, मणिराम अधिकारी, नोद प्रसाद बस्याल, सरोज काफ्ले, राम प्रसाद न्यौपाने रेश्मीराज न्यौपाने, जीवलाल बस्याल, मोहनलाल घिमिरे, चम्पा ढुंगाना, लक्ष्मी बस्याल र उमा भट्टराईले घरमै पुगेर उपचार गरेका हुन्। 

भोजमा बटुक, पाडा (राँगो) को मासु, पुलाउ, आलु गोभीको तरकारी, मेवाको अचार, आलु र मुलाको अचारलगायतका परिकार थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here