बिहान एकजनासँग झगडा, साँझ अर्का युवकमाथि खुकुरी प्रहार

काठमाडौँ ।  काठमाडौँको भोटाहिटीमा साउन २५ मा खुकुरी प्रहार गरेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–२५ स्थित उग्रतारा मन्दिर अगाडि रुकुमपूर्व सिस्ने गाउँपालिका वडा नम्बर–५ घर भएका २४ वर्षीय सुमन खड्कामाथि खुकुरी प्रहार भएको थियो ।

सामान्य विवादमा युवकमाथि खुकुरी प्रहार भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले  बताए । संखुवासभा घर भएर काठमाडौँ बस्ने २५ वर्षीय मिङ्मा शेर्पाले खुकुरी प्रहार गरेका हुन । मिङ्मालाई खुकुरी ल्याएर दिएको आरोपमा ३० वर्षीय रिन्जी शेर्पालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

frontline

मिङ्मा र अर्का एकजनाको बिचमा सोही क्षेत्रमा बिहान झगडा भएको थियो । साँझ सुमन मन्दिरसँगै साथीहरूसँग बसिरहेका थिए । मिङ्माले त्यहाँ पुगेर अन्धाधुन्द खुकुरी प्रहार गर्दा उनको टाउकोमा चोट लागेको एसपी आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here