बिरामीको मृत्युपछि बसुन्धराको चिरायु अस्पतालमा तनाव
११ असार, काठमाडौं । पिसाबसम्बन्धी समस्या देखिएपछि उपचारका लागि भर्ना भएका बिरामीको मृत्यु भएपछि बसुन्धराको चिरायु अस्पतालमा तनावको स्थिति सिर्जना भएको छ ।
उपचारका लागि भर्ना भएका सुरज ढुंगानाको मृत्यु भएपछि आफन्तले अस्पतालविरूद्ध नारावाजी र प्रदर्शन गरेका छन् ।
उनीहरुले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।
पिसाबको समस्यालाई लिएर भर्ना भएका बिरामीको हर्टफेल भएर मृत्यु भएको बताएपछि चिकित्सकमाथि शंका लागेको हो । अस्पतालमा तनाव भएपछि प्रहरी टोली पनि अस्पताल पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्