बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन जडान

१ पुस, काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन जडान गरिएको छ ।

२५६ स्लाइस क्षमताको मेसिन बुधबारदेखि सञ्चालनमा ल्याइएको हो । यसअघि प्रतिष्ठानमा मेसिन बिग्रिएका कारण सेवा लिन बिरामी अन्यत्र जानुपर्ने अवस्था थियो ।

frontline

मेसिन जडानपछि बिरामीलाई सहज हुने प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलले जानकारी दिनुभयो । उक्त मेसिनबाट औसतमा दैनिक ४० जनाभन्दा बढीको सिटी स्क्यान गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here