बाल्टीनको पानीमा डुबेर २ वर्षीय नाबालकको मृत्यु

८ मंसिर, विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–३ मा बाल्टीको पानीमा डुबेर एक नाबालकको मृत्यु भएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठका अनुसार सन्तोष राईका २ वर्षीय छोरा यश राईको बाल्टीनमा भरेको पानीमा डुबेर बिहीबार बिहान मृत्यु भएको हो । 

frontline

बालकलाई घर नजिकको कलमा प्लाष्टिकको बाल्टीमा भरेर राखिएको पानीमा डुबेको अवस्थामा फेला पारिएको थियो । 

खेल्ने क्रममा डुबेर गम्भीर भएका उनलाई विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्‍याइए पनि साढे ११ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here