बालेन शाहको धन्यवाद र्यालीको आयोजना, सहभागीलाई नियम कडा !
१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको घोषणपछि स्वतन्त्र उम्मेदवार बालने शाहले धन्यवाद र्यालीको आयोजना गर्ने भएका छन्।
परिवर्तनका पक्षमा मतदान गर्ने, समर्थन गर्नेहरुलाई धन्यवाद ज्ञापनका लागि र्यालीको आयोजना गर्न लागिएको हो।
बालेनको पक्षमा सक्रिय रहेका पूर्व सचिव भिम उपाध्यायका अनुसार अन्तिम मतपरिणाम घोषणापछि बालेनको धन्यवाद र्याली राष्ट्रिय सभा गृहबाट सुरु भएर भद्रकाली, शहीदगेट हुँदै त्रिपुरेश्वर, कालीमाटीबाट कलंकी पुग्नेछ।
त्यहाँबाट स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबाहिल हुँदै गौशाला, एयरपोर्ट, सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गरिनेछ।
र्यालीमा सहभागीहरुका लागि नियम कडा लगाइएको छ। सभ्य र अनुशासित किसिमको र्याली हुने बताइएको छ। र्यालीमा सहभागीहरुले कसैको बिरोध गर्न वा कसैलाई गिज्याउन पाउने छैनन्।
प्रतिक्रिया दिनुहोस्