बालाजु–बाइसधारा यातायात प्रा.लि.को नयाँ रुट तारकेश्वरको नागपोखरी थापा गाउँमा थपियो
तारकेश्वर नगरपालिका वडा नं. ७ स्थित नागपोखरी थापा गाउँमा आजदेखि सार्वजनिक नयाँ बस सञ्चालनमा आएको छ । धेरै पहिलादेखि स्थानीय जनताको माग पुरा भएको छ । आज बिहान भएको रुट उद्घाटन तारकेश्वर नगरपालिका वडा नं. ७ का वडा सदस्य मिठाराम खत्रीले रिबन काटेर नरिवल फुटाई उद्घाटन गरेका थिए ।
कार्यक्रममा ज्येष्ठ नागरिक काले थापा प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए । थापा गाउँ टोल सुधार समिति र सन्तानेश्वर महादेव मन्दिरका अध्यक्ष अर्जुन थापाकाअनुसार त्यस ठाउँमा भाडा बसको अत्यधिक माग भएको र आवश्यकता देखिएकाले भाडा बस सञ्चालन गर्न बालाजु–बाइसधारा यातायात प्रा.लि.लाई बारम्बार जानकारी गराउँदा आज सफल भएको बताएका थिए ।…..
https://statementandresponse.com/public/user/tarke
प्रतिक्रिया दिनुहोस्