बालसुधार गृहबाट हामफालेर ३ बाल बिझ्याइँकर्ता फरार

श्रोत : ईन्टरनेट

विराटनगर । विराटनगरस्थित बालसुधार गृहमा राखिएका चार जना बाल बिझ्याइँकर्ता भागेका छन् ।

उनीहरु तीन तलामाथिबाट हामफालेका प्रहरीले जनाएको छ ।

frontline

उनीहरुमध्ये एक जना पुनःपक्राउ परेका छन् भने अरु तीन जना फरार छन् ।

बालसुधार गृहका प्रमुख मिलन चौहानका अनुसार भाग्दाभाग्दै पक्राउ परेका बालक झापाका हुन् ।

उनीमाथि जबरजस्ती करणी मुद्दामा अदालतले १० वर्ष कैद सजायको फैसला सुनाइएको छ ।

सङ्खुवासभा, उदयपुर र ओखलढुङ्गा घर भएका तीन जना बालक अझै भेटिएका छैनन् ।

शनिबार बिहान करिब ३ बजे उनीहरु चार जना सुधार गृहको तीन तलामाथिबाट हामफालेर भागेको उनले बताए ।

भागेकामध्ये दुई जना जबरजस्ती करणी मुद्दामा अदालतले दोषी ठहर गरेपछि बालसुधार गृहमा थिए ।

अदालतले एक जनालाई १२ र एक जनालाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

फरार भएकामध्ये एक जनालाई भने विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पुर्पक्षका लागि राखिको थियो भने । प्रहरीको सहयोगमा भागेका तीनै जनाको खोजी तीव्र पारिएको चौहानले बताए ।

चौहानले कोरोनामुक्त भएपछि तत्काललाई छुट्टै हलमा राखिएको अवस्थामा बालविझ्याँइकर्ता भागेको बताए ।

प्रदेश १ मा बालबिझ्याइँ र कानुनी द्वन्द्वमा मुछिएका बालकहरुलाई राख्नका लागि विराटनगरमा ५० जना क्षमताको बालसुधार गृह छ ।

तर अहिले गृहमा चार गुणा बढी एक सय ९५ जनालाई राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here