बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो

२८ माघ, काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट यही माघ ८ गते हराएको मूर्ति फेला परेको छ ।

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले खुमलटारस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिर नजिक आज बिहान मूर्ति फेला परेको जानकारी दिए ।

frontline

‘प्रहरी प्रशासनको अत्यन्त दबावमूलक अनुसन्धान, प्राथमिकता र स्थानीयको जागरुकताको कारण मूर्ति फेला परेको छ,’ उनले भने ।

ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार सशस्त्र प्रहरीको क्याम्पको नजिक रहेको करूणा मन्दिर अगाडि मूर्ति जस्ताको तस्तै भेटिएको छ ।

बालकुमारी माईको उक्त मूर्तिलाई प्रहरीले जावलाखेल लगिसकेको छ । केहीबेरमा मूर्तिलाई सुनाकोठी पठाउने तयारी भइरहेको छ ।

पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको बालकुमारीको मूर्ति चोरी भएको थियो ।

सुनाकोठीको गुठीले मूर्ति फेला पार्नेलाई ५ लाख पुरस्कार दिने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here